कोकिला भण्डारी, धनकुटा
धनकुटा ।
धनकुटा लेडी जेसीजको आयोजनामा मार्गेश्वरी बिद्यालयमा रहेका फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा तथा खाध्यान वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बलको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा २० थान ब्लाङ्केट, एकबोरा चामल, चिउरा ५ केजि, फुरदाना ४ केजि, दालमोठ ३ पाकेट, चाउचाउ २ कार्टुन, बिस्कुट २ कार्टुन, दाल १० केजि लगायतका खाध्यान्न वितरण गरेको धनकुटा लेडी जेसिज बर्ष २०२४ कि अध्यक्ष जेसी मुना पोख्रेलले जानकारी दिनुभयो ।
अध्यक्ष जेसी पोख्रेलको अध्यक्षता एवं मार्गेश्वरी विध्यालयका प्रधानाध्यापक श्रवण कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसी पोख्रेलका प्रथम पुरुष महेश पराजुली, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका डिएसपी सुजन भारती, निवर्तमान अध्क्षय जेसी मेनुका बस्नेत, पुर्व अध्क्षय जेसी बिसिका श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!