कोकिला भण्डारी
धनकुटा । नेपाल सरकारको नीति तथा कार्यक्रममा समाविष्ट ईतिहास तथा ऐतिहासिक धरोहर एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्वर्दनको लागि नेपाली सेनाले विगतदेखि नै आफ्नो पहलकदमीमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
यसै सिलसिलामा जनहित कार्य अन्तर्गत धनकुटा जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर राखि धनकुटा नगरपालिका वडा नम्वर ९ का स्थानीय जनताहरूको आवश्यकतालाई मनन गरि बाघखोर हेलिप्याड निर्माण गरेको हो ।
उक्त बाघखोरमा निर्मित हेलिप्याड आइतबार एक कार्यक्रमा विच समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सेना भीमदल गणद्वारा निर्मित हेलिप्याटको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
भीमदल गणका सकलदर्जाको श्रम तथा प्राविधिक सहयोग, बाघखोर हेलिप्याड निर्माण समितिको सक्रियता, धनकुटा नगरपालिका वडा नम्वर ९ कार्यालय, DN Group of Company र स्थानीय जनसमुदायको आर्थिक सहयोगमा निर्मित उक्त पक्कि बाघखोर हेलिप्याड नम्वर २ वाहिनी अड्डाका वािहनी पति सहायक रथी रामकाजी थापाबाट समुद्घाटन एवं हस्तान्तरण सुसम्पन्न गरिएको भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिएकाछन् । उनका अनुसार उक्त हेलिप्याड पुर्व वडा अध्यक्ष एवं सामाजिक व्याक्तित्व मनोज रायमाझिद्वारा प्रस्ताव आए पश्चात भिमदल गणबाट असोज १९ गतेबाट करिब १० दिनसम्म पर्खाल लगाई हेलिप्याडको ढलान, रंगरोकन लगायतका सम्पुर्ण काम सम्पन्न गरि निर्माण गरीएको बाघखोहेलिप्याड निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।
हेलिप्याडलाइ अपुग ६० हजार रूपैयाँ आफ्नो तलवबाट आएको रकम हेलिप्याड समितिलाई दिने वचन दिदै नेपाली सेनाका यस्ता प्रकृतिका जनहित कार्यहरूले सेना र जनता बीच सुमधुर सम्बन्ध कायम गरी राष्ट्रिय एकतालाईमजवुत बनाउन टेवा पुर्याउनुका साथै नेपाली सेनाले प्रत्यक्ष रूपमा जनताप्रति आफ्नो दायित्व निर्वाह गरेको कार्यक्रमको अवसरमा प्रमुख अतिथि नम्वर २ वाहिनीका वाहिनीपति सहायक रथी रामकाजी थापाले बताएकाछन् ।
उक्त कार्यक्रममा नम्वर २ बाहिनी अड्डा हिलेका वाहिनीपति सहायक रथी रामकाजी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, कोशी प्रदेश सभा पुर्व सदस्य कुसुम कुमारी श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत सविना राई, वडा नम्वर ९ का वडा अध्यक्ष टंक रोईला, पुर्व अध्यक्ष एवं संयोजक मनोज रायमाझी, बाघखोर हेलिप्याड निर्माण समिति पदाधिकारी संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!