कोकिला भण्डारी
धनकुटा । जनउत्थान बहुउद्येश्यीय सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा धनकुटामा शनिबार सम्पन्न भएको छ ।
उक्त सभाले आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक कार्ययोजना र बार्षिक बजेट, आर्थिक बर्ष २०७९÷०८० को बार्षिक लेखा परीक्षण प्रतिवेदन, लेखा सुपरीबेक्षण समितिको प्रतिवेदन, आर्थिक बर्ष २०८०÷०८१ को लागि लेखापरीक्षक नियुत्ति तथा पारिश्रमिक निर्धारण लगायत सम्बन्धमा राखिएका प्रस्तावहरु पारित गरेको छ ।
सभाको अवसर पारेर उत्कृष्ट ऋणि, बचतकर्ता र सबैभन्दा धेरै शेयर खरिद गर्ने शेयर सदस्यलगायतलाई पुरस्कार सहित सम्मान गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड धनकुटाका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आतिथ्ता एवं जनउत्थान बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष उर्गेन शाक्यको अध्यक्षतामा उद्घाटन गरिएको उक्त सभामा जनउत्थान बहुउद्येश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष दिनेश राई, पुर्व सचिव ठगेन्द्र अधिकारी, विष्णु पौडेल, राष्ट्रिय सहकारी बैंक प्रतिनिधि अमृता मैनालीजिल्ला सहकारी संघ लिमिटेड धनकुटाका पूर्व अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, धनकुटा नगरपालिका प्रतिनिधि बिकास अधिकारी, शेयरसदस्य, बचतकर्ता, श्रृणिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!