कोकिला भण्डारी
धनकुटा । धनकुटाका विद्वान व्याक्तित्व स्व.हेमचन्द्र पोखरेलको जीवनीमा आधारित नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेल पुस्तकको परिचर्चा कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
उक्त पुस्तक सन्दर्भ सामाग्रीका रुपमा प्रयोग गर्न सकिनुका साथै चरको रुपमा रहेको र माईती घरको आँगनमा आएर जीवनी लेखक साहित्यकार धीरेन्द्र श्रेष्ठका साथमा आफ्ना स्व. पिताको जीवनमा आधारीत पुस्तकको परिचर्चा गर्न पाउँदा आफुले घरमा सप्ताहा नै लगाएको महसुस गरेको स्व. पोखरेलकी छोरी भारती गौतमले बताउनु भयो ।
उहाँका अनुसार २०७८ बैशाख ८ गते रामनवमीका दिन समकालीन साहित्य प्रतिष्ठान, बेलायतले १९ औं प्रकाशनका रुपमा नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेलको प्रथम संस्करण प्रकाशन गरेका हौ ।
त्रिभुवन विश्वविद्यालय धनकुटामा लामो समय अध्यापन गर्नुभएका बहुआयामिक व्याक्तित्वका धनी हेमचन्द्र पोखरेल साहित्यकार र चिन्तक हुनुहुन्थियो । उहाँले जीवनमा भोगेका र गरेका गतिविधिहरुलाई समेटेर तयार पारिएको कृति स्रस्टापरक समीक्षात्मक विधिमा केन्द्रित बनेर तयार गरिएको जीवनी तथा व्याक्तित्व र कृतित्वमा आधारित छ ।
नेपाल भित्रका विभिन्न भाषा र नेपाल बाहिरका पनि हिन्दी, बङ्गाली तथा मराठी र तमिलजस्ता भाषामा दखल राख्ने उहाँको प्रतिभा जीवन्त रहेको स्व. पोखरेलकी छोरी भारतीले जानकारी दिनुभयो । धीरकुमार श्रेष्ठ आफु साहित्यकार हुनुमा धनकुटाको महत्वपुर्ण हात रहेको बताउदै साहित्यकार श्रेष्ठले धनकुटा विना आफ्नो परिचय नहुने बताउनु भयो ।
स्व. पोखरेलको जीवनीमा आधारित “नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेल”को कृति र व्याक्तित्वबारे आयोजीत परिचर्चा कार्यक्रममा लेखक सप्तरीका धीरकुमार श्रेष्ठ, स्व. पोखरेलकी छोरी अमेरिका निवसि भारती गौतम, सल्लेरी साहित्य संगमका अध्यक्ष रमेश चन्द्र अधिकारी, गर्गाचार्य सामुदायिक विश्व पुस्तकालयका अध्यक्ष घनश्याम बराललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!