काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन गर्न पाउने भनेर उच्च अदालत पाटनले बिहिबार अन्तरिम आदेश दिएको छ । सो अदालतले अन्तरिम आदेश दिदै सेन्सर बोर्डले पास गरेका फिल्महरुको रिलिज नरोक्न भन्दै काठमाडौं महानगर पालिकाका मेयर बालेन साहलाई आदेश दिएको छ ।

हलवाला तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघका तर्फबाट वितरकहरुले सेन्सर पास भएको फिल्मलाई नेपालमा प्रदर्शन गर्न पाउँदै भन्दै बुधबार उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । सो मुद्धामाथि बहस गर्ने क्रममा बिहिबार उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो ।

यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालतको आदेश आफ्नो महानगरपालिका भित्र नमान्ने बताएका छन् । उनले आफ्नो क्षेत्राधिकार भित्र भारतीय फिल्म चल्न नदिने अडान कायमै राखेका छन ।

सो निर्णय बिरुद्ध साहले बिहिबार फेसबुकको स्टाटसमा यस्तो लेखेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको वुझिन्छ । यसका लागि जुनसुकै सजायँ भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दीनेछैन ।’

मेयर शाहले आदिपुरुषबाट सिता भारतकी छोरी हुन भन्ने सम्बाद विश्वव्यापी रुपमा नसच्याएसम्म आफ्नो अडान कायम रहने बताएका छन् । बिहिबार नै उच्च अदालतको आदेश आए पनि वालेन साहले फिल्म चलाउन नदिने भनेपछि बिहिबार बेलुकासम्म काठमाडौं उपत्यका भित्र हिन्दी सिनेमा प्रदर्शन गरिएको छैन ।

नेपालमा उच्च अदालतले फिल्म आदिपुरुषलाई प्रदर्शन गर्ने पाउने निर्णय गरेको बेला भारतमा यो फिल्म रोक्नलाई अदालतमा बिहिबार मुद्धा परेको छ । यो फिल्मको सम्बादले रामायणको कथा र सम्बादलाई छेडछाड गरेर बिगारेको भन्दै हिन्दू सेनाले आदिपुरुष विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।

हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले उच्च अदालतमा जनहित याचिका दायर गरेका हुन् । यो फिल्मले हिन्दु धर्मावलम्बीको आस्थामा ठेस पु¥याएको दाबी पनि गुप्ताले गरेको छन् । बिहिबार दायर गरिएको रिटमा यो फिल्मलाई सार्वजनिक रुपमा प्रदर्शन रोक्न हिन्दू सेनाले माग गरेको छ ।

आदिपुरुष फिल्ममा धर्मगुरु तथा रामायणका विभिन्न पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको आस्थामा चोट पु¥याएको जिकिर सो रिटमा अध्यक्ष गुप्ताले गरेका छन् । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको पनि रिट निवेदनमा उल्लेख गरिएको् छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय