सिरहा । मधेश प्रदेशबाट विगत १३ वर्षमा १० लाख ३९ हजार ७५४ जना युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । सुरक्षित आप्रवासन (सामी) परियोजनाले उपलब्ध गराएको तथ्यांक अनुसार यस प्रदेशबाट गत ०६६/६७ सालदेखि ०७८/७९ को अवधिमा सो संख्यामा युवायुवती विदेशिएका छन् ।

सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णले विगत १३ वर्षमा सबैभन्दा बढी धनुषा जिल्लाबाट २ लाख १६ हजार १२२ जना विदेशिएका छन् । त्यस्तै महोत्तरी जिल्लाबाट १ लाख ९६ हजार ९५ जना, सिरहाबाट १ लाख ७ हजार २३५ जना, सप्तरीबाट १ लाख २७ हजार १४८ जना, सर्लाहीबाट १ लाख २६ हजार ६५६ जना, रौतहटबाट ७५ हजार ७०२ जना, बाराबाट ७३ हजार १३३ जना र सबैभन्दा कम पर्सा जिल्लाबाट ४५ हजार ८६३ जना युवायुवतीले विदेशमा आफ्नो पसिना बगाइरहेका जनाएको छ ।

तथ्यांक विभागले पनि सार्वजनिक गरेको तथ्यांकमा मधेश प्रदेशका आठ जिल्लामध्ये विदेशिनेको संख्या सवैभन्दा वढी धनुषा जिल्लामा देखिएको छ । त्यससँगै सिरहा, महोत्तरी, सलार्ही, सप्तरी, रौतहट, बारा र पर्सा क्रमश रहेको छ ।
जिल्लाको जनसंख्याको आधारमा धनुषावाट ३.३६ प्रतिशत, सिरहावाट २.५८ प्रतिशत, महोत्तरीवाट २.४० प्रतिशत, सलार्हीवाट १.६० प्रतिशत, सप्तरीवाट १.५३ प्रतिशत, रौतहटवाट १.०९ प्रतिशत, बारावाट ०.७९ प्रतिशत र पर्सावाट ०.५३ प्रतिशत महिला पुरुष विदेशिएका छन् ।

रेमिट्यान्स घट्दो
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थालेपनि रेमिट्यान्स आप्रवाह भने घटिरहेको देखिन्छ । यो अवधिमा हुण्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यम सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकारहरु बताउँछन् । यद्यपि, चालू आर्थिक वर्षको मासिक रेमिट्यान्सको अवस्था सन्तोषजनक रहेको देखिन्छ ।

गत साउनमा ९२ अर्ब २ करोड, भदौमा ९४ अर्ब ८ करोड, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५ करोड, पुसमा १ खर्ब ४ अर्ब ६ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड, फागुनमा १ खर्ब ४ अर्ब ४ करोड र चैतमा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्सबापत नेपाल भित्रिएको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!