
काठममाडौं ।विवेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।

विवेकशील साझा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन। त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन ‘का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्वक सम्पन्न गरिसकेको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए ।
विभिन्न सामाजिक-राजनीतिक अभियानको नेतृत्व गरिसकेका प्रधान विधि र मूल्य मान्यतामा आधारित राजनीतिको खह्रो वकालतकर्ता हुन।
राजनीतिक घरानाका प्रधान तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुन।