सिरहा । तराई मधेसका जिल्लाहरुमा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि तराई मधेसका जिल्लाहरुमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
गर्मीले सबभन्दा बढी मजदुर समस्यामा परेका छन् । घरबाट बाहिर निस्किनै नसकिने अबस्था आएको सर्वसधारण बताउँछन् ।

गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको भन्दै सिरहा नगरपालिकाकाले एक साताका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

आईतवार (जेठ २१ गते देखि जेठ २६ गते) शुक्रवार सम्म वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने सिरहाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले सूचना जारी गरेका छन् ।

उनले जारी गरेको सूचनामा भनिएको छ, ‘वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयहरु बन्द रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!