सिरहा । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरी कानुनीरूपमा दण्डनीय बनाउन ल्याएको अध्यादेश खारेजीको माग गर्दै पीडित साहु संघर्ष समितिाले नारा जुलस गर्दै विरोध प्रदर्शन गरेका छन् ।
विहीवार सिरहाको मिर्चैयामा पीडित साहु संघर्ष समिति, सिरहाले आयोजना गरेको विरोध कार्यक्रममा २०८० अध्यादेशको दफा २४९ ‘क’ खारेज गर्नु पर्ने मागसहित विरोध प्रदर्शन गरेका हुन् ।


समितिले पीडित साहुको साँवा र व्याज उपलब्ध गराउनु पर्ने, अदालतमा तमसुक दर्ता गर्नेकाम जारी राख्नु पर्ने, मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानीय निकायमा जाँचबुझ गरि मात्र प्रमाणको आधारमा उजुरी दर्ता गर्ने प्रावधान हुनुपर्ने, लेनदेनसम्बन्धी उजुरीबिना प्रमाण दर्ता नगर्नुपर्ने, जिल्ला प्रशासन कार्यालय सिरहामा तथा मिटरब्याज जाँचबुझ आयोगमा दर्ता भएको निवेदनहरू हाल जारी भएको मुलुकी देवानीसंहिता २०७४ को ३६ को ३ ९ख० बमोजिम जाँचबुझ तथा छलफलको लागी स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने, आफूहरूले लगाएको लगानीहरू कानुन बमोजिम सावाँ र ब्याजसहित उपलब्ध हुनुपर्ने र लेनदेनको व्यवहारलाई मर्यादित र सहज बनाउनु पर्ने लगायतका माग सहित आन्दोलित भएका छन् ।

विरोध कार्यक्रममा पीडित साहु संघर्ष समिति, सिरहाका अध्यक्ष धनेश्वर यादवले केही गलत प्रवृत्तिको व्यक्तिहरूले लगानीकर्ताहरूलाई विभिन्न किसिमको भय त्रास तथा मिटरब्याजी भनि निवेदन दिने गरेको र विभिन्न किसिमको धाक धम्की दिई लगानीकर्ताको व्यक्तिगत स्वतन्त्रतामा आघात पुर्याइएको बताउनु भयो ।
उहाँले घर व्यवहार चलाउनका लागी इष्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानुन बमोजिम कपाली तमसुक बनाई लेनदेन गर्न तथा जनजीविका चलाउँदै आएको अवस्थामा केही गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस् भन्ने मनसायले मिटरब्याजीको नामाकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा तुलना गरेकोप्रति दुःख व्यक्त गरेका छन् ।
उहाँले आफूहरूको माग पुरा नभए आन्दोलनको आन्धीबेरी चलाउने बताउनु भयो । तराई मधेसका विभिन्न जिल्लाबाट काठमाडौं पुगेर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।
https://www.facebook.com/ApanDainik/videos/625700502819023



