
काठमाडौं– दिल्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंखर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजदूत शर्मा २०७८ चैत्र १८ मा दिल्ली पुगेका थिए।
‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन्।
