सिरहा । सिरहामा कानुन व्यवसायीहरूको दबाबमूलक आन्दोलन विहीवार पनि जारी रहेको छ ।
समग्र न्यायपालिकामा भइरहेको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि विभिन्न ८ बुँदे मागसहित कानुन व्यवसायीहरूले विहीबार पनि नेपाल बार एसोसिएसन सिरहाको मूलगेटमा धर्ना दिएका हुन् ।

समग्र न्यायपालिकाको सुधारका लागि दबाबमूलक आन्दोलन गर्ने केन्द्रीय बारको निर्णय अनुसार विभिन्न जिल्लामा आइतवारदेखि सुरु गरिएको आन्दोलन नेपाल बार एसोसिएसन सिरहाले जारी राखेका छन् ।

स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्ने, न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गर्नुपर्ने, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागू हुनुपर्ने, प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब हुनुपर्ने लगायतका माग आफूहरूको रहेको कानुन व्यवसायी विपिन झाले बताएका छन् ।

सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्त गर्नुपर्ने, संवैधानिक दायित्व पूरा गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने र संसदीय सुनुवाइ समिति गठन गर्नुपर्नेलगायतका माग समेत उनीहरूको रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!