
सिरहा । जिल्ला सदरमुकाम सिरहाको सहिद राजेश ठाकुर पार्कदेखि देखि माडर लचकाटोल दशगज्जा सीमासम्म को सडक स्तोरोन्नी काम आज बिहान देखि शुरु भएको छ ।
सिरहा नगरपालिकाको कार्यपालिका बैठकपछि मेयर डा नवीन यादवले सडक फराकिलो गर्ने काम कार्यपालिकाको बैठक बाट अनाधिकृत संरचना हटाउने निर्णय भए अनुसार कार्यान्वयन भएको छ । लामो समयदेखिको प्रतिक्षामा रहेको सदरमुकामको विकासमा अबरोध हुँदै आएको थियो पटक पटक सूचना जारी गरे पनि नमानेपछि बाध्य भएर नगरपालिकाले यस्तो कदम उठाउनु परेको मेयर यादवले बताए ।
सिरहा सदरमुकाम स्थित रहेको सहिद राजेश ठाकुर पार्क थाना चौक देखि सिरहा–माडर सम्म सडक विस्तार गर्ने काम निरन्तर जारी रहने छ ।

सिरहा नगरपालिका नगरकार्यपालिकाको सोमवार बसेको बैठकले सिरहा नगरपालिका वडा नम्बर ७ देखि वडा नम्बर १७ मा पर्ने मुख्य सडक (सिरहा–माडर) को थालनी गर्ने जनाएको छ । नगरकार्यपालिकाको दोस्रोदिन सोमवार बसेको बैठकले सुरक्षा निकाय, सडक डिभिजन कार्यालयका पदाधिकारीसँग छलफल गरेपछि सडक फराकिलो गर्ने निर्णय भएको हो ।
जस अन्तर्गत मध्यविन्दुबाट १५/१५ मीटर सडक क्षेत्र खाली गराउने काम सुरु हुँदैछ । सवैभन्दा पहिले सरकारी, सार्वजनिक संघसंस्थाले १५/१५ मीटरको सडक क्षेत्र खाली गराउने काम हुने कार्यपालिकाले जनाएको छ । कार्यपालिकाको निर्णयको कार्यान्वयन सरकारी निकायबाट सुरु गर्दा त्यसले राम्रो संदेश जाने र आम नागरिकले पनि आआफ्नो भवन, टहरा हटाएर नगरपालिकालाई सहयोग गर्ने सिरहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद समशादले बताएका छन् ।
६ जनाको घर नभत्काउन अदालतको अल्पकालीन आदेश
यसैवीच मुख्य बजारमा रहेको पाँच जनाको घर, टहरा नभत्काउन उच्च अदालत राजविराज इजलाशले अल्पकालिन आदेश जारी गरेको छ । सडक क्षेत्र फराकिलो गर्ने क्रममा अगामी वैशाख २० गते दुवैपक्षसँग छलफल गर्नुपर्ने भन्दै तत्काललाई सुखचन्द्र झा, सन्तोष अग्रवाल, विमल गोहिवार, राम प्रमोद मण्डल, निराजन यादव र पशुपति साह रौनियारको घर, टहरा नभत्काउन अदालतले अल्पकालिन आदेश जारी गरेको छ । उच्च अदालत राजविराज अदालतका न्यायधिश मुनेन्द्र प्रसाद अवस्थीले वैशाख २० मा दुवैपक्षसँग छलफल गरी आवश्यक निर्णय लिने र तत्काल उनीहरुको घर, टहरा भत्काउन नमिल्ने गरी आदेश जारी गरेको छ ।
सडक विस्तारलाई लिएर सिरहामा आन्दोलनको सुरुवात गरिएको छ । अर्थतन्त्र खस्किदै गईरहेको अवस्थामा बजार क्षेत्रको भवन भत्काउँदा त्यसको गम्भीर असर पर्ने भन्दै स्थानीय व्यापारीहरुले विरोध गर्दै आईरहेको छ । अर्थतन्त्र गम्भीर मोडमा रहेको बेला बजार भत्काउँदा त्यसले सिरहा बजारलाई लामो समयसम्म असर गर्ने व्यवासायी पवन अग्रवालले जनाएको छन् ।
आफूहरु विकासको बाधक नभएपनि अहिले सडक विस्तारले गम्भीर असर पार्न सक्ने भएकोले तत्काललाई फराकिलो बनाउने काम रोक्दै वैकल्पिक रोड निर्माणतर्फ ध्यान दिनुपर्ने उनले बताएका छन् ।