सिरहा । नेपाल प्रहरीका एक असई घुससहित रँगेहात पक्राउ परेका छन् । सिरहाको ईलाका प्रहरी कार्यालय, मिर्चैया मुद्दा फाँटमा कार्यरत प्रहरी असई ९ हजार रुपैयाँ घुसहित रँगेहात पक्राउ परेका छन् ।

आज विहिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास शाखाबाट खटि आएको टोलीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा मुद्दा फाँटमा कार्यरत प्रहरी असई सचिन यादवलाई ९ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ गरिएको हो ।

उनले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिसकेको अवस्थामा मिर्चैयास्थि रहेको लक्ष्मी पुस्तक पसलबाट पक्राउ परेका हुन् । मुद्दा मिलाउन सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले उनीमाथि निगरानी सुरु गरेको थियो ।
प्रहरी असई यादवलाई अहिले पक्राउ गरी मुचुल्का उठाउने कार्य गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!