सिरहा । मधेश प्रदेशको आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले प्रदेश सरकारले सिरहा पुस्तकालयलाई प्रादेशिक पुस्तकालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
सिरहा पुस्तकालयको भ्रमणका क्रममा आईतवार अध्यक्ष यादवले देशको पूरानोमध्येको एक सिरहा पुस्तकालयको विकास र समय अनुसार प्रविधि जडित बनाउन प्रदेश सरकारले अपनत्व लिनुपर्ने बताएका छन् । सिरहा पुस्तकालय प्रदेशको गहणा भएको भन्दै अध्यक्ष यादवले यसलाई प्रविधिमैत्री बनाउनै अगाडी बढ्नुपर्ने बताएका छन् ।

प्राधिकरण अध्यक्ष यादवलाई सिरहा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार कामतिले गम्छा लगाएर स्वागत गरेका थिए । त्यस क्रममा मधेश प्रदेशको अन्य पुस्तकालयमध्ये व्यवस्थित रुपमा सिरहा पुस्तकालय संचालन रहेकोले प्रदेश सरकारले पनि आधुनिकीकरणमा ध्यान दिनुपर्ने र त्यसका निम्ति प्राधिकरणले पनि पहल गर्नु बताएका छन् ।
उक्त अवसरमा सिरहा पुस्तकालय व्यवस्थापन समितिका कोषाध्यक्ष हितेन्द्र गोहिवार, पूर्व सदस्य सोनु कुमार महरा, युवा पत्रकार अमर पासमान लगायत सहभागी थिए ।



