२२ चैत, काठमाडौं । संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ निजामती कर्मचारीको उमेर हद बढाइएको छ । अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेर हदको व्यवस्था गरेको हो ।
ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउँछ ।’ तर ऐन अनुसार २०८० असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा बाहेक अन्य सेवाको निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष कायम रहेनछ ।

ऐनले उपदानकोका लागि पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तिभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउने उल्लेख गरेको छ ।



