विराटनगर । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणका कारण पीडित भएकाहरुले विराटनगरमा धर्ना दिएका छन् । ऋण मिनाहाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका हुन् ।
जिल्लाभरिबाट भेला भएका लघुवित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुले लघुवित्तको ऋण मिनाहा गर्न माग गरे । लघुवित्तका कारण घरबार उठ्ने अवस्था आएपछि जिल्लाभरबाट पीडित भेला भएर अनिश्चितकालीन धर्ना सुरु गरेको ईश्वर खवासले जानकारी दिए ।

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई बिना ब्याज ऋणको माग गरेका छन् ।



