जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सप्तरीमा भइरहेको पञ्चायत (छलफल)को क्रममा प्रहरीले जनता समाजवादी पार्टी (जसपा) जिल्ला अध्यक्ष केदार प्रसाद यादवलाई कुटपिट गरेका छन् ।
महदेवा गाउँपालिकाको एउटा विवादको मुद्दालाई लिएर जिल्ला प्रहरी कार्यालयमा छलफल राखिएको थियो । उक्त छलफलमा जसपा जिल्ला अध्यक्ष यादव पनि थिए । त्यहाँ विवाद भएपछि प्रहरी निरीक्षक नवीन थापाले उनलाई कुटपिट गरेको जसपाकै एक नेताले बताए ।

जसपा जिल्ला अध्यक्ष यादवमाथि कुटपिट भएपछि सो पार्टीका नेता कार्यकर्ताहरू राजविराजमा प्रदर्शन सुरु गरेका छन् । कुटपिटमा संलग्न प्रहरी निरीक्षकलाई कारबाहीको माग राख्दै जसपा नेता कार्यकर्ताहरू टायर बालेर प्रदर्शन गरिरहेका छन् ।




