सल्यान, २१ चैत । सल्यानमा गाईगोरूलाई लम्फी स्किन रोगका लक्षण देखिन थालेको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १, ४ र ५ तथा बागचौर नगरपालिका – ५ मा गाईगोरुलाई लम्फी स्किन रोगको लक्षण देखा परेको हो ।

अफ्रिकी मुलुकका केही देशहरूमा देखिँदै आएको लम्फी स्किन रोग सिद्ध कुमाख गापामा पनि देखिएको वडा नं १ का अध्यक्ष रमेश चलाउनेले बताएका छन् ।

बागचौर नगरपालिकाका पशु प्राविधिक दामोदर बस्नेतका अनुसार उपचारपछि पशुको स्वास्थ्यमा सुधार आए पनि सल्यान जिल्लाका केही पालिकामा तीव्र रूपमा रोग फैलिरहेको छ ।

रोगको सुरुको अवस्थामा खुट्टा खोच्याउने, सुन्निने ,ज्वोरो आउने र छालामा गिर्खा लक्षण देखिने पशु प्राविधिक बताउँछन् । सुरुको अवस्थामै उपचार पाए रोग नियन्त्रण हुन सक्छ । वडा नं १ ले गाईगोरुहरूमा लक्षण देखिएमा तत्काल वडा कार्यालय वा पशु सेवा कार्यालमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

मुख्य लक्षणहरू
१ – आँखाबाट कचेरा निकाल्ने, सिँगान बग्ने तथा मुखबाट फिज निकाल्ने ।
२ – शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिको खुट्टाहरूमा पेट र थुन वरिपरि सानादेखि ठूला गिर्खाहरू देखिने ।
३ – १०४ फरनेहाइट वा माथि ज्वरो आउने ।
४ – दुध उत्पादन घट्ने ।
५ – गर्भ तुहिने तथा बाँझोपन देखिन सक्ने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय