काठमाडौं : नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थमा घटेको मूल्य आजदेखि लागू हुने भएको छ।

निगमले सोमबार इन्धनको नयाँ मूल्य सूची निकालेको थियो। जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेर १७५ तोकिएको छ।

उता डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर १०/१० रुपैयाँले घटेको छ। डिजेल र मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १६५ रुपैयाँ बनाइएको छ।

खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राख्दै प्रतिसिलिण्डर १ हजार आठ सय रुपैयाँ नै कायम गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय