काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विकासका लागि सबैको साथ आवश्यक रहेको बताएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सरोकारवाला सबैसँग मिलेर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औल्याए ।

मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फबाट आर्थिक विकासमा सुनचाँदी व्यवसायीको भूमिकालगायत विषयमा जानकारी गराइएको थियो ।



