काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता तत्काल नलिने बताएका छन्।

रास्वापाले गरेको पत्रकार सम्मेलनमा लामिछानेले तत्काल समर्थन फिर्ता नलिने बताएका हुन्। लामिछानेले भने, ‘अहिले हामी संसदमा जुन पोजिसनमा छौं त्यही कायम रहन्छ। निर्वाचन अगाडि सरकारमा जाँदैनौं। निर्वाचन सकिएपछि मात्रै सरकारमा जाने की समर्थन फिर्ता लिने की भन्ने निर्णय गर्छौं। अहिले समर्थन फिर्ता लिँदैनौं।’

भ्रष्टाचारका विषयमा सरकार मौन रह्यो भने सरकारमा नजाने बताए। फरक प्रसंगमा उनले निर्वाचन आयोगले नै चुनाव लड्दा गठबन्धन गर्न दिन नहुने बताए।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!