सिरहा । नेकपा एमालेका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले आफ्नो नेता कार्यकर्ता र पार्टीमाथि अवाञ्छित गतिविधि दोहोरिएमा हातमा दही जमाएर नबस्ने बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि भएको दुरव्र्यवहार सन्दर्भमा नेकपा एमालेले सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले नेकपा एमाले संयमित भएपनि अवाञ्छित गतिविधि नरोकिए प्रतिकार गर्न सक्ने चेतावनी दिएका छन् । मेयर श्रेष्ठमाथि लगाईएको आरोपमा कुनै सत्यता नभएको भन्दै अध्यक्ष मण्डलले पक्राउ परेकामाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

विभिन्न पालिकामा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिलाई घेराबन्दी गर्ने कामप्रति पार्टी गम्भीर रुपमा हेरिरहेको भन्दै अध्यक्ष मण्डलले आलोचना गर्न पाईने भएपनि दुरव्र्यहार गर्ने कार्य निन्दनीय भएको बताएका छन् । गोलबजार नगरपालिकामा एमाले उम्मेदवार निर्वाचित भएपछि घेराबन्दी गर्ने काम भईरहेको भन्दै अध्यक्ष मण्डलले तत्तकाल उछृखल क्रियाक्लाप रोक्न सम्बन्धित राजनीतिक दलसँग आग्रह गरेका छन् ।

लघुवित्त मार्फत जनतालाई उठिवास लगाएको र मिटरब्याजीहरुलाई संरक्षण गरेको विषयमा कुनै सत्यता नभएको भन्दै अध्यक्ष मण्डलले गोलबजार हटियाको १ करोड ५२ लाख करको विषय पूर्व नगरप्रमुखको पालाको भएकोले जनाएका छन् । कतिपय विषयमा अख्तियारले छानबीन गरिरहेको भन्दै अध्यक्ष मण्डलले कानुनी प्रकृयामा रहेको विषयलाई लिएर मेयर श्रेष्ठमाथि आरोप लगाउन नहुने बताएका छन् ।
पत्रकार सम्मेलनमा जिल्ला कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!