वीरगञ्ज – पर्सा प्रहरीले वीरगञ्जका दुई उधोगमा छापामारी म्याद नाघेका २७ लाखभन्दा बढीको समान नियन्त्रणमा लिनुका साथै तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले म्याद गुज्रिएको समान बेचबिखना भइ रहेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ श्रीपुरस्थित श्रवण रूङ्टाको घरमा घर भाडामा लिइ वीरगञ्ज महानगरपालिका वडा नं.७ बस्ने संजय अग्रवाल समेतले संञ्चालन गरेको स्नयाक पैक एन्ड इन्डट्री र फुडको नेपाल प्रालिमा छापा मारेको थियो।

सो क्रममा उधोग भित्र म्याद नाघेका खाद्य पदार्थमा नयाँ लेबल टाँसी बिक्री वितरण गर्नको लागि राखिएको म्याद सकिएको मशाला, ड्राइफुड,सोस, अजिनो, ब्रेड जाम २७ लाख ९८ हजार ९४६ रुपैया बराबरको बस्तु तथा सो मालबस्तुहरूको म्याद सकेको स्थानमा पुनःनयाँ म्याद लेखिने मेसिन एक थान प्रहरीले नियन्त्रणमा लिएको थियो।

छापा मार्दा भेटिएका सामान।

साथै उधोगमा काम गर्ने वीरगञ्ज महानगरपालिका वडा नं.१३ बस्ने ३२ वर्षीय मनिषकुमार चौधरी, वडा नं.७ बस्ने २३ वर्षीय आयुष अग्रवाल र वडा नं.१४ बस्ने ३८ वर्षीय हरि नारायणप्रसाद कुर्मीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक गिरिले जानकारी दिए।

तीनै जनाविरुद्ध खाद्य पदार्थमा मिसावट गर्न नहुने सम्बन्धि कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान कार्य भैइरहेको गिरिले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय