सोमबार साँझ व्रतालुहरू पायक पर्ने जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्वको मुख्य पूजा गरिँदै छ।

आज साँझ सूर्य अस्ताउनु अघि व्रतालुहरू जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ दिने छन्। अर्घमा प्रसाद स्वरुप ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्री चढाइन्छ।

चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको तेस्रो दिन व्रतालुहरू सख्खरबाट बनाएको खीर कुलदेवलाई चढाएर खरना विधी मनाएका थिए।

व्रतालुहरू आजराति व्रतस्थल (घाट) मा जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन एकाबिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन हुनेछ। चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!