काठमाडौं : फिल्म ‘पशुपति प्रसाद २- भष्मे डन’ को छायाङ्कन सुरु भएको छ। गत शुक्रवार शुभमुहूर्त गरिएको फिल्मको छायाङ्कन आजबाट सुरु भएको हो।

पशुपतिनाथ मन्दिर परिसरबाट सुरु गरिएको छायाङ्कनमा अभिनेता विपिन कार्कीको पहिलो सट खिचिएको छ। सुटिङ सेटबाट बाहिरिएको तस्विरमा विपिनलाई भष्मे डनको लुक्समा देख्न सकिन्छ।

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा विपिनका साथै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ।

खगेन्द्र लामिछाने भने फिल्मको निर्माता तथा लेखकका रुपमा रहेका छन। यो फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’ माथि निर्माण हुन लागेको हो। ‘पशुपति प्रसाद’ मा बिपिनले निर्वाह गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय