
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ । आज बिहान करिब ९ बजेदेखि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
बैठकबाट उपसभामुखको उमेदवार टुंगो लगाइने बताइएको छ । उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ ।

“रास्वपा संसदीय दलको बैठक जारी छ । उमेदवारको निर्णय हुन बाँकी छ,” सो पार्टीका सांसद मनीष झाले बाह्रखरीसित भने ।
सत्ता गठबन्धनमा आबद्ध दलबीच विभिन्न पदको भागबन्डा गर्दा उपसभामुखमा रास्वपाको भागमा परेको थियो ।