सिरहा । सिरहाको कर्जन्हा नगरपालिका-१० स्थित खकरहिया जंगलमा घाँस काट्न गएकी महिलाको हत्या गरी फरार दुई युवक समातिएका छन्।

सिरहाको मिर्चैया नगरपालिका-२ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनियादेवी कातरको घाँटी र पेटमा खुकुरी प्रहार गरी हिजो दिउँसो हत्या भएको थियो। उनको हत्यामा संलग्न मल्हनियाकै २० वर्षीय राजकुमार महतो कोइरी र मिर्चैया १ का २० वर्षका नीतेशकुमार रजक समातिएका हुन्।

हत्यापछि फरार रहेका उनीहरूलाई जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुरसहितको टोलीको सहयोगमा घटनामा प्रयोग भएको खुकुरीसहित उनीहरूलाई नियन्त्रणमा लिएको सिराहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

उनका अनुसार पक्राउपरेका दुईजनामाथि कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय