
अक्षय कुमार, धनुष र सारा अली खानको नयाँ फिल्म अतरंगी रेको ट्रेलर बुधवार सार्वजनिक गरिएको छ ।
आनन्द एल रायको यस फिल्ममा एआर रहमानले संगीत दिएका छन् ।
फिल्ममा असाधारण परिस्थितिका कारण भेट भएका दुई मानिस र उनीहरूको जस्वनमा तेस्रो व्यक्तिको प्रवेशको कथा छ ।
ट्रेलरको आरम्भमा मानिसहरूको समूहले धनुषलाई अपहरण गरेको र सारा अली खानसँग विवाह गराउन खोजेको देखिन्छ । टोले गुण्डाहरूसँग लडाइँ गर्ने सारा धनुषसाँग विवाहका लागि बाध्य बनाइन्छिन् । अनौठो परिस्थितिमा यसरी भेट भएका दुई पात्र प्रेममा पर्न पनि सक्छन्, नपर्न पनि सक्छन् ।
फिल्ममा अक्षय कुमारको भूमिका रहस्यमयी छ । फिल्म रिलीज भएपछि मात्र उनको चरित्र के हो भनी खुल्नेछ ।
धनुष फिल्मका केन्द्रीय पात्र हुन् । । उनले आफ्नो अभिनय क्षमता, नृत्यकला तथा भाव प्रकटीकरणमार्फत दर्शकको मन जित्ने पक्का छ ।
साराले पनि धनुषलाई म्याच गर्ने गरी अभिनय गर्न खोजेको देखिन्छ ।