जनकपुरधाम । मैथिली कला क्षेत्रमा विशिष्ठ योगदान गरेका दुई जना श्रष्टालाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गरिएको छ ।
प्रतिष्ठानले आयोजना गरेको समर्पण समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट दुई जना स्रष्टालाई सम्मान गरेको छ ।

बरिष्ठ अभिनेता सुनिल कुमार मिश्र र बरिष्ठ गायक वंशीधर मण्डललाई सम्मान गर्नु गरिएको छ । एक लाख नगद राशी र प्रमाण पत्र सहित मण्डल र मिश्रलाई सम्मान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य धिरेन्द्र प्रेमर्षीले बताए । प्रज्ञा पुरस्कारबाट देशभरि ६ जना श्रष्टा पुरस्कृति भएको छ । ६ जनामध्ये प्रदेश २ वाट दुई रहेको प्रज्ञा प्रतिष्ठानका सदस्य प्रेमर्षीले बताए । यस्तै मैथिली रंगमंच प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई ११ हजार नगद सहित सम्मान गरिएको उनले बताए ।

समर्पण समारोहमा मुख्यमन्त्री राउतले समाजका ऐनाका रुपमा रहेका स्रष्टाहरु सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको बताए । स्रष्टालाई पुरस्कृत गर्ने कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहभागी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!