असल मित्रताको उदाहरण हुन्, सलोन बस्नेत र आमेश भण्डारी । फिल्म ‘मेला’मा सहकार्य गरेपछि उनीहरुबीच मित्रता गाँसिएको थियो । त्यसयता उनीहरुले एकअर्कालाई छायाँ झैं साथ दिइरहेका छन् । अभिनयसँगै गायनका पनि सौखिन यी दुईले एकसाथ केही गीत निकालेका छन् भने चाँडै नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । दुवैको एकअर्काको परिवारसँग पनि राम्रो सम्बन्ध छ ।

मंसिर १२ गते सलोनले एयर होस्टेस करिश्मा केसीसँग विवाह गरे । उनको विवाहमा यदि कोही सबैभन्दा बढि खटेको थियो भने ती आमेश थिए । उनले मेहेन्दी-संगीतदेखि रिसेप्सन पार्टीसम्म सलोनको साथ छाडेनन् । उनीहरुबीच कति बलियो मित्रता छ भन्ने कुरा आमेशले सलोन र करिश्मालाई विवाहको उपहार स्वरुप गीत तयार गरेर रिसेप्सन पार्टीमा सार्वजनिक गर्नुले पनि बुझाउँछ ।

रिसेप्सनमा सार्वजनिक गरिएको आमेशद्वारा स्वरवद्ध ‘राजा रानी’ बोलको गीत आइतवार राजधानीमा एक कार्यक्रमका बीच युट्युब रिलिज गरियो । सलोनलाई राजा र करिश्मालाई रानीको रुपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडियोमा उनीहरुको विवाहलाई उतारिएको छ । बेलुहा-बेहुलीको पहिरनमा सिंगारिएकोदेखि करिश्मा सलोनको घरमा भित्रिँदासम्मको दृश्य भिडियोमा देखिन्छ ।

गीतमा आमेशलाई गायिका सुनिता थेगिमले गायनमा सघाएकी छन् भने आमेशकै शब्द रचना तथा संगीत छ । भिडियोमा निर्देशक र निर्मातामा सलोनको नाम छ । गीत सार्वजनिक कार्यक्रममा नवविवाहित जोडीसँगै निर्देशक शोभित बस्नेत, उनकी छोरी सलिना बस्नेत र आमेश भण्डारी उपस्थित थिए । आमेशले ‘राजा रानी’ गीत सलोन र करिश्माका लागि आफ्नो मनबाट निस्किएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!