नेपाल-भारत सम्बन्धविद्यालयसर्लाही

काठमाडौँ — भारतको अनुदान सहयोगमा सर्लाहीमा दुई नयाँ विद्यालय भवन निर्माण गरिएको छ । कविलासी–२ पिपरियास्थित ‘बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय’ र लालबन्दी–१ नेत्रगंजस्थित ‘जनता माध्यमिक विद्यालय’ का नयाँ विद्यालय भवन निर्माण गरिएको हो । दूतावासका अनुसार करिब दुई करोड ३० लाख रुपैयाँमा ती भवन निर्माण गरिएको हो ।

काठमाडौंस्थित भारतीय राजदूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले ती भवनको उद्घाटन गरिन् ।

भारत सरकारले सन् २००३ यता नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको दूतावासले जनाएको छ ।

‘हालसम्म ४ सय ६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश–२ मा ५८ वटा छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाहीका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ,’ दूतावासको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!