देवेन्द्र पौडेलमदरसा शिक्षा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने प्रस्ताव ल्याउन माग गरेका छन् ।

सोमबार ललितपुरमा ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न प्रस्ताव ल्याउन माग गरेका हुन् ।

‘हामी तपाईंहरुले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौं र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भनेर विगतका कुराहरु पनि खोजीनीति गरेर अघि बढ्छौं । त्यसका लागि तपाईंहरुले ठोस प्रस्ताव ल्याउनु पर्छ ।’

मन्त्री पौडेलले संविधानले समावेशिता सुनिश्चित गरे पनि त्यसको कार्यान्वयनले गति लिन नसकेको बताए । ‘मूलभूत रुपमा संविधानमा हामीले समावेशीको कुरा त ग¥यौं तर व्यवहारतः अझै बाँकी छ। राजनीतिक पार्टीमा बाँकी छ । सेना, पुलिसमा बाँकी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय