गणित कहिल्यै मेरी आमाको प्रेम गन्न सक्दैन,-२
मेरो बुबाको परिश्रम मापन सक्दैन,-२
र कहिल्यै मेरो मायाको तौल बताउन सक्दैन ,-२
किनकि गणित पनि आफ्नो क्षेत्रफलमा कैद छ ,-२
मेरो बाबाले सालौ अगाडि देखेका ति सपनाहरूको ब्याज जोड्न सक्दैन ,-२
त्यस सपनाका लागि बगाएका अमूल्य पसिनाको मोल बताउन सक्दैन,-२

गणितले तिनको भावलाई प्रकट गर्न कुनै सूत्र लगाउन सक्दैन,-२
लगाएपनि खाडीमा बिताएको उमेरको मूल्य चुकाउन सक्दैन ,-२
हुन त गणितको कद विशाल छ आफूमै तर,
छोरा र छोरीको भविष्यको लागि गरेको पौरख र पसिनाको हिसाब लगाउन सक्दैन,-२
गणित कहिल्यै मेरी आमाको प्रेम गन्न सक्दैन,-२
मेरो बाबाको परिश्रम मापन सक्दैन,
हो, गणित कहिल्यै मेरो मायाको तौल बताउन सक्दैन ।



