काठमाडौं । अब नागरिक एपबाट मेगा बैंककाे खाता खाेल्न सकिने भएकाे छ ।
यसका लागि बैंक र नागरिक एपबीच सहकार्य सुरू भएकाे भएकाे छ ।
याे सहकार्यसँगै बैंक खाता खोल्दा कागजात तथा पहिचान प्रमाणीकरण गराउन बैंकमै पुग्नुपर्ने बाध्यता अब हुने छैन ।
डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो सरकारको महत्वपूर्ण कार्यक्रम भएकाले बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
बैंकका डिजिटल एन्ड ईबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिनुका साथै बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।