भक्तपुर । भक्तपुरको ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले यस वर्षका लागि आवश्यक पाठ्यपुस्तक छपाईको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

जनक शिक्षाका अनुसार सबै प्रदेशमा नयाँ पाठ्पुस्तक पुगिसकेको छ भने काठमाडौँ उपत्यकाका लागि चाहिने पाठ्पुस्तक छपाईको काम अन्तिम चरणमा रहेको छ ।

पाठ्यपुस्तक छाप्ने कामसँगै विभिन्न ठाउँमा पुस्तक पठाउने काम पनि धमाधम भइरहको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको बीच पनि केन्द्रमा पाठ्यपुस्तक छाप्ने र ढुवानी गर्ने काम धमाधम भइरहेको हो ।

केन्द्रमा छपाईको कामसँगै नयाँ पाठ्यपुस्तक लोड गर्ने तथा पठाउने कार्यमा कर्मचारीलाई भ्याइनभ्याई छ ।

सरकारले नेपालको चुच्चे नयाँ नक्सा जारी गरेसँगै यस शैक्षिकको नयाँ पाठ्यपुस्तक अन्तर्गत कक्षा ६ को पुस्तकमा उक्त नयाँ नक्सा समेटिएको छ । साथै नयाँ पाठ्यपुस्तकमा कोभिड १९ बाट सुरक्षित हुनका लागि सचेतनासहितको प्रचार सामाग्री पनि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!