सिरहा । सिरहा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क कोचिंग कक्षा विद्यार्थीहरुका लागि कोसेढुंगा सावित हुने बताईएको छ । सिरहा नगरपालिकाद्धारा तीन महिनादेखि सञ्चालनमा रहेको कोचिंग कक्षाको शुक्रबार समापन गरिएको छ । यो निःशुल्क कोचिंग कक्षाले यस नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा पनि बृद्धि भएको अपेक्षा राखेको सिरहा नगरपालिकाका मेयर डा नवीन कुमार यादवले बताए ।

कोचिंग कक्षा सञ्चालनको उद्देश्य नैतिकता, प्रेरणा, र अध्ययनमा सफलताका लागि आवश्यक शिक्षाको पहुँचमा सुनिश्चितता रहेको उनले बताए । उनले भने,“यस्ता कक्षाहरूले विभिन्न शैक्षिक स्तरका विद्यार्थीहरूलाई कन्फिडेन्स बढ्ने र पढाई प्रति उत्सुकता प्रदान गर्नेछ । यी कक्षाले हाम्रा समुदायका सबै स्तरका विद्यार्थीहरुको उत्थानमा भूमिका खेल्नेछ ।”

उनले नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको नतिजा निकै खराब देखिएको थियो । सोहीलाई मध्यनजर गर्दै खस्कदो शिक्षाको स्तरलाई सुधार्न अतिरिक्त कक्षाको व्यवस्था गरिएको मेयर यादवले बताए ।

कोचिंग कक्षाले शैक्षिक गुणस्तरमा बृद्धिको अलावा, यस्ता कक्षाहरूले छात्र छात्राहरूको समूह चिन्तन, समस्या हल निर्णय गर्ने कौशल र कुल आत्मविश्वास बढ्ने मेयर डा. यादवले बताए । उनले सिरहा नगरपालिकाले अगामी दिनमा पनि यस्ता कक्षाहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
नगरपालिकाको आयोजनामा कक्षा १० को एसईई र कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुको लागि कोचिङ सञ्चाचलन गरेको यो निःशुल्क कोचिंग कक्षा शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाले सामुदायिक विद्यालयहरुको विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न सञ्चालन गरेको कोचिंग कक्षाबाट ७ सय २५ जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।

यस कोचिंग कक्षामा सहभागि विद्यार्थीहरुको शैक्षिक अवस्था पहिलेभन्दा अहिले धेरै सुधार भएको चन्द्र नमुना माध्यमिक विद्यालयका लेखा विषयको शिक्षक राजिप यादवले बताए । उनले विद्यालयमा पढाई भएपनि सोही कुरा पुनः कोचिंग कक्षामा पुनःताजगीपछि विद्यार्थीहरुमा परिक्षाको तयारी अझ राम्रो भएको उनले बताए ।
यो अतिरिक्त कोचिंग कक्षाले आउने परिक्षाको नतिजामा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
अनुभवी अध्यापकहरूद्धारा सञ्चालित कोचिंग कक्षा सिरहा सदरमुकामा रहेको बाल मन्दिर मा.वि. सिरहा, वडा नम्बर १७ मा, ब्र.झ.ज.उ.मा.वि. माडरमा र वडा नम्बर १८ मा रहेको जनता मा.वि. लक्ष्मीनियाँमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!