सिरहा । सिरहा नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो ।

मंगलवार सिरहा सदरमुकाममा रहेको चन्द्र नमुना माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।

कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत यादवले वताए ।

चन्द्र नमुना माध्यमिक विद्यालयका प्राधानाध्यापक मधुसुधन कर्णले उपल्ध सेनेटरी प्याडले विद्यालयमा छात्राहरुको निरन्तरता र पठन पाठनमा सकारात्मक भूमिका निर्वाह गर्ने वताए ।

सेनेटरी वितरण कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले छात्राहरु विद्यालय आउन हिच्किचाउने, पढाइमा वाधा पुग्नवाट अन्त भइ शिक्षण शिकाइमा नै सकारात्मक प्रभाव प्रर्ने कुरा वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!