सिरहा । मातृभूमि युवा समाज सिरहाको समन्वयमा प्रादेशिक अस्पताल सिरहा र संस्थाबीच रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे छलफल भएको छ ।
रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादव सकारात्मक देखिएको छ । ब्यबस्थित रक्त सञ्चार केन्द्र अस्पताललाई अतिआवश्यक रहेको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा यादवले बताएका छन् । रक्त सञ्चार केन्द्र व्यवस्थापन गर्न अस्पताललाई खेल्नुपर्ने सकारात्मक भूमिकामा कुनै कसर नराख्ने उनले दावी गरेका छन् ।
रक्त सञ्चार केन्द्रका लागि कोठा ब्यबस्थापन, जनशक्ति ब्यबस्थापन, कार्यालय ब्यबस्थापन, रक्तदान कार्यक्रममा हुने सामान्य ब्यबस्थापन खर्च लगायत अन्य कार्यमा सघाउ पुर्याउने प्रादेशिक अस्पताल सिरहाका व्यवस्थापक सबनम महतोले बताएकी छिन् ।
गएको तीन वर्षभित्र संस्थाको समन्वयमा प्रादेशिक अस्पताल सिरहालाई १ हजार ५ सय भन्दा बढि पोका रगत उपलब्ध गराएको मातृभूमिका अध्यक्ष मनिष कुमार यादवले बताएका छन् । यो विशुद्ध सामाजिक काम रहेकोले मानवीय संवेदनालाई ध्यानमा राख्दै युवाहरुले नेटर्वक विस्तार गरी रगत उपलब्धतामा सहजता ल्याई रहेको अध्यक्ष यादवले बताएका छन् । रक्त उपलब्ध गराउने कार्यलाई व्यबस्थित गर्न प्रादेशिक अस्पताल सिरहा संग समन्वय छलफल गरिएको र छलफल सकारात्मक भएको संस्थाका अध्यक्ष यादवले बताए । छलफलमा मातृभूमिका उपाध्यक्ष अविनाश पूर्वे, कोषाध्यक्ष विकास साह, एडभाइजर नवीन साह, सुमित यादव, अमित मुखिया, शशी मण्डल लगायतका युवाहरुको सहभागिता रहेको थियो ।