
सिरहा । राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका स्वास्थ्यकर्मीहरुले प्रथम वार्षिक जन्मोत्सव मनाएको छ ।
कर्मचारी मिलन केन्द्र सिरहाको सभाहलमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य पूर्वमन्त्री विश्वनाथ साहको प्रमुख आतित्थ्यतामा संगठनले आफ्नो प्रथम वार्षिक जन्मोत्सव मनाएको हो । अयोधी मोचीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य दिलिप साह लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रथम वार्षिक जन्मोत्सवको अवसरमा स्वास्थ्य क्षेत्रमा सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्दै माओवादी केन्द्रको संगठन विस्तारलाई पनि जोड दिनुपर्ने सहभागी वक्ताहरुको भनाई रहेको थियो ।