सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सरकारी, सामुदायिक र नीति स्वास्थ्य संस्थासँगै औषधी पसलहरुमा औषधीको खरिद बिक्रि गर्ने गरी फार्मेसिष्ट हुनुपर्ने अर्निवाय भएको बताएका छन् ।

जहाँ औषधी, त्यहाँ फार्मेसिष्ट, फार्मेसी पेशाको पहिचान र सम्मान हामी सवैको साझा अभियान नारासँगै सिरहामा फार्मेसिष्टको भूमिका विषय अन्तरक्रिया कार्यक्रम मेयर डा यादवले कुन औषधी दिने त्यसवारे अध्ययन र जानकारी समेत रह्ने हुँदा फार्मेसिष्ट अनिवार्य भएको बताएका छन् । नेपाल फारर्मासेक्टिकल एशोसिएन मधेश प्रदेशको आयोजना सिरहाको उद्योग वाणिज्य संघ सभाहलमा भएको कार्यक्रममा डा मेयरले राज्यको निगराी नहुँदा छाडा रुपमा औषधी चिकित्सकहरुले लेख्ने गरेको र औषधी पसलहरुले आफू अनुसारको औषधी वितरण गर्ने गरेको अवस्था रहेको बताएका छन् ।

सिरहा नगरपालिकाले नगरक्षेत्रका स्वास्थ्य क्षेत्रको नियमन गर्दै आवश्यक ठाउँमा औषधीसँग सम्बन्धित व्यक्तिहरुलाई आवश्यक परेको स्थानमा राख्ने भन्दै विभिन्न स्थानमा भईरहेको अवैध गतिविधि रोक्न सवैले जोड दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!