कोरोना भाईरसको तेस्रो लहरको चेतावनी नेपालमा पनि दिई सकिएको छ । स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको जोखिम अगामी असोजदेखि वढ्न सक्ने भएकोले सजगता अपनाउ जोड दिएको छ । कोरोना भाईरस म्युटेशन भई नयाँ भेरियन्टका रुपमा देखिदैछ । तेस्रो लहरका क्रममा कोरोनाको डेल्डा भेरियन्टको जोखिम वढ्ने अनुमान गरिएको छ । युरोपेली देशसँगै कोरोना भाईरसको उत्पती भएको चीनको बुहानमा पनि नयाँ सक्रमितहरु देखिन थालेको छ । जसले गर्दा बुहान सहरमा मास्क लगाउन अनिवार्य गरिएको भने विस्तारै कडाई गर्न थालिएको छ ।
नेपालमा कोरोना भाईरसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको बन्दोबस्ती कमजोर रहँदै आएको छ । औषधी उपकरणको अभावमा धेरैको ज्यान कोरोना भाईरसको संक्रमणका कारण भईसकेको तथ्यांकहरु सार्वजनिक भएको छ । त्यसैले कोरोना भाईरसको आउनै लागेको तेस्रो लहरको तयारीमा अहिले देखि नै जुट्न आवश्यक छ । स्थानीय तहदेखि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति, विभिन्न संघसंस्थाले अहिलेदेखि पर्याप्त तयारीमा जुट्नुपर्ने आवश्यकता ।
कोरोना भाईरस नियन्त्रण, रोकथाममा प्रभावकारी हुन सक्ने स्वास्थ्य सामग्रीको बन्दोबस्ती गर्न ढिलाई गर्नु हुँदैन् । अर्कोतिर खोप अभियानलाई तिव्रता दिनुपर्छ । सिरहा जिल्लामा आईपुगेको कोरोना विरुद्धको खोप छिट्टै प्राथमिकतामा पारिएका उमेर समुहलाई दिएर सुरक्षित बनाउने काम गर्नुपर्छ । त्यससँगै स्थानीय तहहरुले व्यापक रुपमा सचेतना जगाउने अभियानमा जुट्नु जरुरी छ । हाट बजारमा हुने भीडभाड, मेला, उत्सवलाई नियन्त्रण गर्नु जरुरी छ । जसले गर्दा आउन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सकिनेछ ।
यता आवश्यक पूर्वाधारमा जोड दिनुपर्छ । जनशक्तिको उपलब्धतासँगै स्वास्थ्य सामग्रीको बन्दोबस्ती मुख्य विषय हो । यसमा जिल्ला स्वास्थ्य कार्यालयले विभागीय मन्त्रालयबाट स्वास्थ्य सामग्रीको जोहो गर्न भूमिका खेल्नुपर्छ । अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डर लगायतका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ । त्यससँगै समन्वय र निगरानी पनि बढाउनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!