समाजिक संजाल र गुगलमा पछिल्लो समय सप्तरी जिल्लाको एक घटनाले व्यापक स्थान पाएको देखिन्छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता भगवतीको शक्तिपीठको खोजी समाजिक संचालनमा धेरै गरेको देखियो ।
नेपालको मुख्य शक्तिपीठमध्येको एक ‘छिन्नमस्ता भगवती’ रहेको छ । दैनिक श्रद्धालुभक्तजनको ओइरो लाग्ने गर्छ । नयाँ सवारी साधन खरिद गरेपछि एक पटक छिन्नमस्ता भगवतीको पूजापाठ गर्न पुग्ने गरेका छन् । प्रचुर आस्थाको केन्द्र रहेको छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरीको घटनाले व्यापकता पाएको छ ।
धार्मिक, साँस्कृतिक र आस्थाका केन्द्र रहेको छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरी हुनु समान्य कुरा होईन् । आधा किलो तौलको मुकुट चोरी कसरी सम्भव भयो ? मन्दिर व्यवस्थापन पक्षको भूमिका कस्तो रह्यो । देशकै आस्थाको केन्द्र रहेको छिन्नमस्ता शक्तिपीठबाट कसरी चोरी सम्भव भयो ? यी विषय अनुसंधानको केन्द्रविन्दु बन्नुपर्छ ।
छिन्नमस्ता गाउँपालिका ३ मा रहेको यो शक्तिपीठको सुरक्षामा लापरबाही किन गरियो भन्ने विषय पनि खोजी र बहस बन्नुपर्छ । यसले जिल्लाको शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने कुरालाई केलाएको छ । शान्ति सुरक्षा फितलो र कमजोर भन्ने संकेत गरेको छ । १२ घण्टामा चोरीका चाँदीका मुकुट बरामद गरिएपनि चोरी कसरी सम्भव भयो भन्ने कुरा महत्वपूर्ण छ ।
धार्मिक आस्थासँग खेलवाड कुनैपनि अवस्थामा मान्य हुन सक्दैन् । छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरीका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनै पर्छ । त्यससँगै सुरक्षा कमजोरी भएका निकाय र व्यक्तिलाई पनि कारबाही गरिनुपर्छ । आस्थाका केन्द्रमा प्रहार गर्ने र सुरक्षा चुक गर्नेलाई कुनैपनि बहानामा उन्मुक्ति दिने काम हुनु हुँदैन् । यससँगै सप्तरी जिल्लाभरी शान्ति सुरक्षाको प्रबन्ध चुस्त दुरुस्त बनाउन जिल्ला प्रहरी कार्यालयले विशेष ध्यान दिनु जरुरी छ । आफ्ना मातहतका ईकाइलाई कडा निर्देशन दिई सुरक्षा चुक हुन नदिने भूमिका वढाउनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!