
पर्यावरणमा असन्तुलन सृजना भएसँगै विश्व तापक्रम वढ्दै गएको छ । विश्वभरी जलवायु परिवर्तनका गम्भीर असरहरु देखिन थालेको छ । जलवायु परिर्वतनकै कारणले विश्वका शक्तिशाली विकसित देशहरुमा गम्भीर असरहरु पारेको छ । विकसित देशलाई जलवायु परिवर्तनले तहसनहस पारिसकेको अवस्थामा विकासशील वा गरिब मुलुकको अवस्था के हुन सक्छ त्यसको अनुमान गर्न गाह्रो छैन् ।
यस कारण पर्यावरणलाई सन्तुलित बनाउन इको सिस्टममा प्रयाप्त ध्यान दिनु जरुरी छ । वन जंगलसँगै त्यससँग जोडिएको कार्वन उत्र्सजन रोक्न जस्ता कामहरु गर्नुपर्छ । यही मध्येका एक वृक्षारोपण वढाउनु अति नै आवश्यक छ । नेपालमा पूर्वपश्चिम राजमार्ग निर्माण गर्दा चुरेक्षेत्रको चारकोसे झाँडीलाई तहसनहस पारियो । चारकोसे झाँडीलाई कटान गरी राजमार्ग बनाउँदा चुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ । झन् वस्ती स्थान्तरणका कारणले यो अवस्था भयावह बन्दै गएको छ । चुरे क्षेत्रमा व्यापक कटान र क्षति पुर्याउने काम रोकिएको छैन् ।
यस कारणले पर्यावरण जोगाउन र आम्दानी बढाउन वृक्षारोपण गर्नु जरुरी छ । त्यसमा झन् फलफूलको विरुवा लगाउँदा दोहोरो फाईदा देखिन्छ । फलफूलको विरुवा रोप्दा एकातिर पर्यावरणमा सकारात्मक योगदान पुर्याउँछ भने अर्कोतिर आम्दानी बढाउन भूमिका खेल्छ । फलफूलको विरुवा हुर्केर फल उत्पादन हुन थालेपछि त्यसले आम्दानीमा वृद्धि गर्छ । यसैले फलफूलको विरुवा रोप्नु पर्यावरण र आम्दानीको नजरबाट सकारात्मक रहेको छ । यसमा जोड दिनुपर्छ । पछिल्लो समय डिभिजन वन कार्यालय निःशुल्क फलफूल विरुवा वितरण थालेपछि सहज भएको छ ।
