पुसको चिसोमा देशको राजनीतिक माहौल न्यायोमय भएको छ । देशभरी चिसो, शितलहर, हुस्सूले जनजीवन प्रभावित भैरहँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि माहौल ताँतिएको छ ।

अपार जनादेश प्राप्त गरेका नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री ओलीले पाँच वर्ष नपुँग्दै दलीय गुटलाई मिलाउन नसक्दा संसद विघटन गरेपछि राजनितिक माहोल तातेको छ । राष्ट्रपति कार्यालय शितलनिवास, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, प्रचण्ड–माधव नेपालको खेमाको वैठक, नेपाली काँग्रेसको केन्द्रीय समिति वैठक र जनता समाजवादी पार्टीको बैठकले गति पाएको छ ।
देशको वर्तमान समयमा दलहरुको नियमित रोकिएको बैंठकहरुले पनि सक्रियता पाएसँगै राजनीतिक गर्माएको हो । त्यससँगै प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीले सडक तताई रहँदा प्रधानमन्त्री ओलीको पक्षबाट पनि सडकमा समर्थनका नारा गुन्जिन थालेको छ । जनता समाजवादी पार्टीले देशभरीका सदरमुकाम विरोध प्रर्दशन गर्ने निर्णय सार्वजनिक गरिसकेको छ भने नेपाली काँग्रेस, प्रचण्ड–नेपाल समूहको नेकपाले पनि विरोधका कार्यक्रम गरिरहेको छ ।
संसद विघटन असंवैधानिक भएको जिकिरका साथ दलहरु सडकमा उत्रिएका छन् भने प्रधानमन्त्री ओली पक्षबाट पनि नेता कार्यकर्ता सडकमा समर्थनमा उत्रिएको छ । सडमा देखिएको अहिलेको नाटक मंचन कहाँ पुग्ने हो त्यो सर्वोच्च अदालतको आदेश, सभामुख अग्नी सापकोटाको सुझबुझमा पनि भर पर्छ । जे होस्, सडकमा देखिएको विरोधका स्वरलाई शक्तिशाली धक्काका रुपमा परिवर्तन गर्ने की अगामी चुनावको तयारीमा जुट्ने त्यसको हेक्का दलहरुमै केन्द्रीत त । सक्ता स्वार्थमा रुमलिएको नेपालको राजनीतिलाई सहि ट्रयाकमा ल्याउनु आजको आवश्यकता पनि हो । यस तर्फ जनता जागृत हुनुपर्छ ।