सम्पादकीय
कार्तिक १४, २०७७ मा प्रकाशित
४३४ पटक पढिएको
कोरोना भाईरसको संक्रमणले गर्दा देशमा लकडाउन सुरु भयो । गत वर्षको चैन ११ देखि लकडाउन सुरु भएपछि सडकमा अति आवश्यक वाहेका सवारी साधनमा पूर्णत बन्देज लाग्यो ।

लामो लकडाउन विस्तारै खुकुलो भएसँगै सकडमा सवारी साधनको चाप वढदै् गयो । सडकमा सवारी चाप वढेसँगै ट्राफिक समस्या पनि थपिए । कोरोना कालमा स्वास्थ्यको प्रोटोकल अपनाएर सवारी चलाउने निर्देशनहरु जारी गरियो । ठाउँ ठाउँमा ट्राफिक प्रहरीको चेकप्वाईन्ट खडा भयो ।
यति भैरहँदा कोरोना संक्रमण रोक्न जारी गरिएको लकडाउन खुकुलो भएपछि सवारी दुर्घटनाका संख्यामा पनि ह्वात्तै वृद्धि भएको छ । झन् चाडपर्वको बेला संख्यामा बढोतरी भएको तथ्यांक सार्वजनिक भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर अनुसार दशैंताका प्रदेश २ मा सडक दुर्घटनामा परी सबैभन्दा बढी २४ जनाको ज्यान गएको र तीन सय २६ जना घाइते भएका छन् । यस प्रदेश दशैंकोवीचमा १९४ वटा सवारी दुर्घटनाका भएको छ ।
सडक दुर्घटनाको अनेक कारणहरु भेटिन्छ । यद्यपी चालकको लापरबाही, सवारीसाधनको पार्टपुर्जामा समस्या र प्रदेश २ का सडकहरु खाल्डाखुल्डी हुनु मुख्य कारण हो ।
सवारी साधनमा चालकले ट्राफिक नियममा वेवास्ता गरेपछि अधिकांस दुर्घटना भएको प्रहरीको तथ्यांक छ । त्यसका निम्ति ट्राफिक प्रहरीले सचेतनामूल काम गर्दै आएको छ । ट्राफिक अपडेट, सचेतनामूलक पर्चा पम्पलेट, चाकलहरुलाई सामुहिक रुपमा ट्राफिक सचेतनामूलक जानकारी जस्ता कार्य गर्दै आएपनि वेवास्ताले दुर्घटना निम्त्याउने गरेको छ ।
त्यसपछि सवारी साधन लामो समयदेखि मर्मत सम्भार नहुनु र प्रदेश २ भरीका पूर्वपश्चिम राजमार्गसँगै सहायक राजमार्ग, भित्री सडकहरुमा खाल्डाखुल्डीले गर्दा दैनिकजसो दुर्घटना हुँदै आएको छ ।
प्रदेश २ बढ्न थालेको सवारी दुर्घटनालाई न्यूनिकरणमा जोड दिनुपर्छ । स्थानीय, प्रदेश र संघ सरकारले सडकको स्तोरोन्नतीको सवालसँगै गाउँघरमा ट्राफिक सचेतनालाई प्राथमिकतामा राख्नु अति आवश्यक छ । यसले दुर्घटनमा हुने मानवीय, भौतिक र आर्थिक क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!