काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई साउन २९ गते सोमबार बरामद गरिएका विद्युतीय सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।

प्रहरीले श्रेष्ठलाई साउन २३ गते बुधबार राति पक्राउ गरी उनको कार्यालय र निवासबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको थियो। उनीमाथि वैयक्तिक गोपनीयता ऐन, २०७५ विपरीतको कसुर गरेको आरोप लगाइएको छ।

श्रेष्ठकी श्रीमती सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। प्रहरीले अनुसन्धानका लागि यसअघि अदालतबाट तीन दिनको म्याद पाएको थियो।

श्रेष्ठको पक्राउको विरोध गर्दै नेपाल पत्रकार महासंघसहित विभिन्न संघसंस्था तथा राजनीतिक दलहरूले उनको निःशर्त रिहाइको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय