कोरोना कहरवीच प्रायः ठप्प बनेको जिल्लाका गैर सहकारी संस्था (एनजिओ)हरु अब धमाधम आफ्ना गतिवधी वढाएको छ ।
जिल्लामा सक्रिय रहेका एनजिओहरुले समुदाय स्तरमा छलफल, अन्तरक्रिया, प्रशिक्षणका कार्यक्रमको थालनी गरेको छ । कोरोना कहरकावीच लकडाउन सुरु भएपछि दातृ निकायको संहयोगमा संचालनमा रहेका परियोजनाहरु रोकिएका थिए । ती परियोजनाहरुलाई फेरी रफ्तार दिन थालिएको छ ।
समाजिक जवाफदेहीता, सुशासन, महिला सशक्तिकरण, दलित सशक्तिकरण, स्वास्थ्य सँग जोडिएर विभिन्न कार्यक्रम गर्न सुरु गरेको हो । लकडाउनका अवधीमा केही समय फाटफुट रुपमा राहत वितरण र स्वास्थ्य शिक्षासँगै सामग्री वितरणमा केन्द्रीत भएका एनजिओहरु अहिले आफ्नो परियोजनाको लक्ष्य अनुसारका कार्यक्रममा सक्रियता वढाएको छ । त्यससँगै कोभिड–१९ सँग जोडिएर परियोजना संचालन गर्न थालेका छन् ।

परियोजनाको लक्ष्य अनुसारका कार्यक्रम सुरुवात गरेसँग वैठक, गोष्टी, अन्तरक्रिया, छलफलमा भीडभाड देखिन थालेको छ । यस अर्थमा पनि एनजिओहरुले भीडभाडका बेला कोभिड–१९ को संक्रमणवाट जोगिन सक्दो सुरक्षा साबधानमी अपनाउन जरुरी छ । अरु निकायलाई सुशासन कायम, जवाफदेही बनाउने कार्यमा सक्रिय रह्ने एनजिओकर्मीले यस विषयमा ध्यान दिन चुक गरेमा समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको जोखिम रह्न सक्छ । एनजिओकर्मीलाई समाजका अगुवाका रुपमा लिने गरेकोले कोभिड–१९ को सुरक्षा मापदण्डमा ध्यान दिनुपर्छ ।