अपन दैनिक
भदौ १०, २०७७ मा प्रकाशित
४३६ पटक पढिएको
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गत चैतमा लकडाउन गरेको थियो । लकडाउन भएसँगै सजगता अपनाउने गरी मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाईज गर्ने कुराले विस्तारै गति लिएको थियो ।
लकडाउनकै क्रममा स्थानीय तहका जनप्रतिनिधीले टोलटोलमा गएर मास्क बाँड्ने, सेनिटाईजर बाँड्ने, चौक चौराहा, बजार क्षेत्र, टोलटोलमा हातधुन पानी राख्ने, साबुन राख्ने काम भएको थियो । त्यसको देखासिखी जिल्लाभरीका स्थानीय तहहरुमा भएको थियो ।

सचेतना अभियानमै जिल्लाका स्थानीय तहहरुले करौडौं रुपैयाँ खर्चिएको छ । सुरु सुरुमा जनप्रतिनिधीले देखाएको सक्रियता अहिले हराएको झैं देखिन्छ । संक्रमण नै नभएको बेला जनप्रतिनिधीहरुले आफैले बाँडेको मास्क, सेनिटाईजर, टोल बजार क्षेत्रमा राखेका साबुन पानीको तस्वीरहरु समाजिक सञ्जालमा पोष्ट पनि गरेको थिए ।

त्यसपछि राहत वितरण गर्नमा जनप्रतिनिधीहरुको सक्रियता देखिए । कतै मापदण्ड विपरीत वितरीत त कतै कुहिएको खाद्यन्न सामग्री वितरण हुँदा स्थानीय तहहरु आलोचना र विरोधको सामना गरेको थियो ।

अहिले देशसँगै जिल्लाहरुमा कोरोनाको कहर बढेको छ । समुदायस्तरमा कोरोना संक्रमण वढेसँगै सचेतनामूलक अभियानहरुमा जनप्रतिनिधीहरु मौन देखिएको छ । टोलटोलमा साबुन, पानीको जोहो गरेका उनीहरु आफ्ना जिम्मेवारीबाट पन्छिएको झैं देखिएको छ । विभिन्न वाड, चौक चौराहामा वडा कार्यालय र पालिकाहरुले व्यवस्था गरेको साबुन पानी अब विरलै देख्न सकिन्छ । किन ?
कोरोनाको यस जोखिमका बेला संक्रमणको डर सवैलाई हुन्छ । तर राजनीतिक नेतृत्वहरु विपद्मा खटिएर आफ्ना क्षमता देखाएका संसारमा अनेकौं उदाहरणहरु रहेको छ । पछिल्लो समय नेपालमा २०७२ वैशाख १२ शनिवारका दिन ७.८ रेक्टर स्केलको भूकम्प आउँदा पनि नेतृत्वको सक्रियता देखिएको थियो ।

अहिले कोरोना कहरका बीच स्थानीय तहका जनप्रतिनिधीहरुको मौनता टुट्नु पर्छ । नागरिकको मन जित्नेगरी जोखिमवाट जोगिदै सुरक्षाको प्रयाप्त साधनको उपयोग गरेर पनि आफ्नो सक्रियता वढाउनु पर्छ । लकडाउनको सुरुवाती बेलामा देखिएको उत्साह र  जोसलाई यतिखेर पनि निरन्तरता दिनुपर्छ । आआफ्ना टोलबासीलाई सुरक्षित रह्नेगरी सचेतनामूलक कार्यमा खटिनुपर्छ । चौक चौराहामा साबुन पानीको व्यवस्था गर्नुपर्छ । चौक चौराहा, टोलटोलमा साबुन पानीको व्यवस्थापन गरिनु झन् खाँचो देखिएको छ । यसमा वडातहका जनप्रतिनिधीहरुले आफूलाई अब्बल साबित गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!