धितोपत्र

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिस समितिले पुन: आवेदन आह्वान गरेको छ । नेपाल सरकारद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललेको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्षका लागि बिहीबार पुन: आवेदन माग गरेको हो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र वित्त सदस्यमा जीवनाथ धिताल रहेका छन् ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलकै संयोजकत्वमा अर्थसचिव र नारायण पौडेल रहेको एक समिति गठन भएको थियो । उक्त समिति ऐनको व्यवस्था विपरित गठन भएको भन्दै विरोध भएपछि मन्त्रिपरिषदको निर्णयमार्फत फेरि अर्को समिति गठन गरिएको हो । सोही समितिले बिहीबार नयाँ आवेदन आह्वान गरेको हो ।

नयाँ सूचना अनुसार आवेदकले यही पुस २९ गते भित्र आवेदन दिनुपर्नेछ । यसअघि गठित समितिले २०७८ कात्तिक ११ मा अध्यक्षका लागि आवेदन मागेको थियो । जसअनुसार १२ जनाको आवेदन परेको थियो । अब ती आवेदकहरुले पनि फेरि आवेदन दिनुपर्ने भएको छ । ‘गत असोज ११ को सूचना बमोजिम नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन गर्नुहुने आवेदकले समेत यसै सूचना बमोजिम पुन: यसै म्याद भित्र आवेदन गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ, ‘पूर्ववत आवेदन दिएका कुनै आवेदकले आफ्नो आवेदन फिर्ता लिन चाहेमा सूचना जारी भएको मितिले १५ दिनभित्र सिफारिस समिति समक्ष निवेदन दिएर फिर्ता लिन सकिने छ ।’ यसअघि १२ जना प्रत्यासीले आवेदन दिएका छन् ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बखास्त गरेको हो । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!