अफरएनसेलदशैंनेपाल टेलिकमप्रतिस्पर्धा

हरेक वर्ष दसैँ, तिहार तथा छठजस्ता पर्व लक्षित अफर ल्याउन नेपालका दुई ठुला दूरसञ्चार (टेलिकम्युनिकेशन) सेवा  प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिस्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् ।

यो वर्ष पनि यी दुई दूरसञ्चार सेवा प्रदायकले प्रतिस्पर्धी अफर ल्याएका छन् । सरकारी–सार्वजनिक स्वामित्वमा रहेको नेपाल टेलिकम र निजी दूरसञ्चार कम्पनी एनसेलले दसैँ तिहारकै अवसरमा आ–आफ्ना ग्राहकमाझ भ्वाइस कल, इन्टरनेट तथा विविध दूरसञ्चार सेवामा छुट तथा बोनस अफर अघि सारेका हुन् ।

मुख्यतः यी दुई कम्पनी नै अहिले नेपाली टेलिकम्युनिकेशन क्षेत्रका प्रमुख प्रतिस्पर्धी हुन् । यी कम्पनीहरूबीच ग्राहकहरूमा प्रवाह गर्ने सेवा, छुट तथा विशेष अफरहरूमा पनि प्रतिस्पर्धा देखिन्छ । अहिलेको दसैँ तिहारमा पनि यी दुई कम्पनीले अघि सारेका अफरहरू निकै प्रतिस्पर्धी देखिन्छ ।

नेपाल टेलिकमको अफर

नेपाल टेलिकमले फेस्टिभ अफर अन्तर्गत असोज १९ गतेदेखि लागु हुने र कात्तिक २४ गतेसम्म कायम हुने गरी डाटा र भ्वाइस प्याक तथा रिचार्जमा विभिन्न बोनस अफर गरेको छ । टेलिकमले डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध गराएको हो

त्यसैगरी १ दिनभित्र प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध गराएको छ । भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १,३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

अफर प्राप्त हुने अवधिमा एसएमसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा एनटीसीले डाटा प्याक पनि उपलब्ध गराएको छ । २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढी रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।

एनसेलको अफर

अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी आजियाटा लिमिटेड (एनसेल) ले पनि दसैँको अवसरमा आफ्ना ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय कलमा स्मार्टफोन उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेल प्रयोगकर्ताहरूले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबमा रहेका आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूसँग बाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् । असोज २१ गतेदेखि कार्तिक २४ गतेभित्र सबैभन्दा बढी कल गर्ने २१ जना व्यक्तिलाई कम्पनीले एक/एक वटा स्मार्टफोन प्रदान गर्नेछ ।

साथै, विदेशमा रहेका आफन्तबाट रिचार्ज प्राप्त गर्नेमध्ये प्रतिहप्ता एक जनाले समेत स्मार्टफोन पाउने कम्पनीले जानकारी दिएको छ । कुल पाँच हप्ता सञ्चालन हुने यस योजनामार्फत ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!